एभरेष्ट बैंकद्वारा सहयोग

0

एभरेष्ट बैंकद्वारा लुम्बिनीको मायादेवी परिसर बाहिर रहेको २ हजार लिटर क्षमताको शद्धीकरण गरिएको खानेपानीस्थललाई व्यवस्थित गरी आज एक कार्यक्रमका बीच लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको छ।

मायादेवी परिसरमा आयोजित उक्त कार्यत्रममा प्रमुख अतिथी पर्यटन संस्कृती तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा पानी ख्वाई हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका अधिकारीहरुको पनि उपस्थिति थियो । एभरेष्ट बैंकले हाल आफ्ना ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटीएम तथा बृहत् बाह्य सन्जालमार्फत् उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।