पञ्चकन्याको एसएस ट्याङक भारत निकासी

0

पञ्चकन्याले नेपालमा पहिलोपटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३ सय ४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३ सय १६ ग्रेडको स्टेनलेस स्टील ट्यांक विगत ६ वर्षदेखि विभिन्न क्षमतामा उत्पादन गरी बिक्री गर्दै आएको छ ।

उक्त ट्याङकहरु हाल आएर नेपालमा मात्र नभई भारतको पटना, लखनउ, कोलकत्ता आदि विभिन्न शहरमा समेत निर्यात हुन थालेका छन् ।

भारतबाट पञ्चकन्या ग्रुपलाई राम्रो प्रतिक्रिया प्राप्त भएकाले एसएस ट्याङकको भविष्य उज्ज्वल देखिएको छ । बढी खिया प्रतिरोधात्मक, पानी छिटो नतात्ने, लक गर्न मिल्ने बिर्को, पर्याप्त निप्पल तथा स्ट्यान्डसहित हुनाले जडान गर्न सहज तथा सजिलै ट्याङकभित्रको फोहर सफा गर्न सकिन्छ । यी ट्याङकमा अन्यको दाँजोमा अरु धेरै विशेषता भएको हु“दा यसलाई आम उपभोक्ताले अत्यधिक रुचाएका छन् ।